Saturday, June 22, 2024

नव बिकाशको वार्षिक योजना तथा बजेट तर्जुमा कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

चन्द्रपुर ,२६ जेठ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुरमा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१÷२०८२ को वार्षिक योजना तथा बजेट तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार संस्थाको कार्यकक्ष मै सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष देब बहादुर सापकोटाले कार्यव्रmमको औचित्य माथि प्रष्ट पार्नु भएको थियो भने संस्थाका मुख्य व्यवस्थापक यज्ञ प्रसाद प्रसाईले संस्थाको गतिवधि एवम् योजना बारे प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संचालक समिति सदस्य एवम् युवा उपसमिति संयोजक कुल शेखर पहाडीले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका सचिव राजेन्द्र तिवारी द्वारा संचालन गरिएको सो कार्यव्रmममा संस्थाका संचालक समिति,लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसिमितिहरु, पुर्व सञ्चालकहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles