चन्द्रपुर,२९ जेठ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ मा बागमती ग्रामिण बिधुत उपभोक्ता समितिले पैसा नतिरेको भन्दै खानेपानी समिति लगायत २२ घरधुरीको बिधुतको लाइन काटेको छ । मंगलबार समितिले पैसा नबुझाउने ब्यक्तीहरु तथा खानेपानी समितिको बिधुतको लाइन काटेको हो ।
चन्द्रपुर नगरपालिका वाड नं. १ मंगलपुर स्थीत मलाहटोलमा रहेको खानेपानी समितिको बिधुतको लाइन काटेको बागमती ग्रामिण बिधुत उपभोक्ता समितिका अध्यक्ष सुर्य बहादुर वाइवाले जानकारी दिएका छन ।
समयमै पैसा नतिरेपछि समितिले खानेपानी समिति सहित २२ घरधुरीको बिधुतको लाइन काटेको अध्यक्ष वाइवाले जानकारी दिए ।
उक्त खानेपानीको २ लाख ५२ हजार रकम बक्यौता रहेको र पैसा तिर्न कसैले पनि चासो नदिएको कारण लाइन काटन बाध्य भएको अध्यक्ष वाइवाले बताए । अहिले सो गाउमा खानेपानी ठप्प छ ।
सोही गाउको अन्य २१ घरधुरीले पनि पैसा नदिएको कारण लाइन काटिएको उनले बताएका छन । समितिमा ७ सय ९ जना सदस्य छन । उपभोक्ता संग अहिले सम्म करिब ८ लाख भन्दा बढी रकम उपभोक्त संग बक्यौता रहेको अध्यक्ष वाइवाले बताएका छन ।