चन्द्रपुर,१२ असार
ट्राफिक जनचेतनामुलक सप्ताह कार्यक्रमको आज अन्तिम दिन स्थानीय संचारकर्मी तथा यातायात ब्यबसायीहरु संग अन्तरक्रिया गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले म्याजिक, अटो, ईरिकसा लगायतका सबारी साधनका चालक र धनी यस्तै संचारकर्मी संग सबारी चलाउदा ट्राफिक नीयम पालन गर्ने बिषयमा अन्तरक्रिया गरेको हो । मधेश प्रदेश सरकार गृह सञ्चार तथा कानुन मन्त्रालयको आयोजना तथा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय पथलैया बारा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको सहकार्य तथा समन्वयमा बढदो सबारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ ट्राफिक सप्ताह मनाइएको हो । ट्राफिक सप्ताह अबधिभर सचेतनाका लागि रयाली, सबारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण, सबारी साधनको यान्त्रिक परिक्षण, ट्राफिक ऐन, नीयमका अलावा सबारी साधन चलाउदा साबधानी अपनाउनु पर्ने सडक नाटक लगायतका कार्य गरेर आज सम्पन्न गरिएको हो । सडक अनुशासन पालना तथा सबारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक जनचेतनामुलक सप्ताह कार्यक्रमले सबारी साधनका चालकहरु लाई सचेत गराएको स्वयम चालकहरु बताउछन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख ट्राफिक प्रहरी निरिक्षक सुशील आचार्यले ट्राफिक सप्ताह कार्यक्रम गर्दा स्थानीय स्तर सम्म चेतनामुलक ज्ञान पुरयाउन सफल भएको बताउनु भयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहपुरले ट्राफिक सप्ताह कार्यक्रम अन्र्तरगत सोमबार २ सय भन्दा बढी सवारी साधनको यान्त्रीक परिक्षण गरेको छ । सडक अनुशासन पालना तथा सवारी र्दुघटना न्युनिकरणको लागी ट्राफिक जनचेतनामुलक सप्ताह कार्यक्रम २०८१ अन्र्तरगत सोमबार पुर्व पश्चिम महेन्द्र राजमार्ग सवार सवारी साधनको यान्त्रीक परिक्षण गरेको हो ।
सडक सुरक्षा सप्ताह कार्यक्रम अन्र्तरगत राजमार्गमा गुडने बस,ट्रक,टाटा सुमो,स्कुल बस लगायतका सवारी साधनको यान्त्रीक परिक्षण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहपुरका प्रमुख ट्राफिक प्रहरी निरिक्षक शुशिल आचार्यले जानकारी दिएका छन । ति सवारी साधनको ब्रेक,लाइट,ब्याक लाइट,टायर,स्टेरिङ,इन्जीन आयल,बडी कन्डीसन,सिट कण्डीसन लगायत परिक्षण गरेको ट्राफिक प्रमुख आचार्यले बताए । गाडी बनाउने मिस्त्री सहितकाले सवारी साधनको परिक्षण गरेका थिए ।
बढदो सवारी र्दुघटना न्युनिकरण गर्नको लागी गत असार ६ गते देखी रौतहटमा ट्राफिक सचेतनामुलक सप्ताह कार्यक्रम शुरु भएको थियो ।
ट्राफिक सचेतनामुलक सप्ताह कार्यक्रम अन्र्तरगत आइतबार २ सय भन्दा बढी सवारी साधन चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको ट्राफिक प्रमुख आचार्यले जानकारी दिए । सोही दिन चालक संग २ मिनेट कार्यक्रम अन्र्तरगत चालकहरुलाइ सवारीम साधन चलाउन अपनाउनुपर्ने नियम कानुन बारे पनि सचेतना गराइएको उनले बताए ।
त्यस्तै शनिबार पनि ग्रामिण भेगका २ पाग्रे सवारी साधन साधन चालकहरुलाइ ट्राफिक नियम बारे जानकारी गराइएको थियो ।
सोही कार्यक्रम अन्र्तरगत असार ६ गते बिपी चौक गौरमा प्रभात फेरी कार्यक्रम आयोजना गरिएको थियो । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गौरकी डिएसपी एलिजा गिरी,सहायक प्रमुख जिल्ला अधिकारी,नेपाली सेनाका प्रतिनिधि,शसस्त्र प्रहरीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।