गौर,८ साउन
शन्ति सुरक्षा देखी अन्य कार्यमा रौतहट प्रहरी सक्रियता देखाएको भएता पनि मिटर ब्याजीहरुको समस्या समधान गर्न रौतहट प्रहरी असफल देखिएको छ । सरकारले मिटरब्याज सम्बन्धी विवाद जिल्ला प्रहरी कार्यालयले हेर्ने अधिकार दिएको भएता पनि रौतहट प्रहरी भने असफल भएको देखिन्छ ।जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०÷०८१ को प्रगति प्रतिबेदन अनुसार मिटर ब्याजीको समस्या समधान गर्न रौतहट प्रहरी असफल देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रगती प्रतिबेदन अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा १ हजार ५ सय ७५ वटा निबेदन परेकोमा ४८ जनाको मात्रै फछौंट भएको देखिन्छ । यो एकदमै न्युन प्रगति हो । अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद सकिएपछि गृह मन्त्रालयले बाँकी रहेका र नयाँ आउने उजुरी हेर्ने र विवाद निरूपण गर्ने जिम्मा प्रहरीलाई दिएको थियो । सरकारले मिटर ब्याजसम्बन्धी सबै उजुरी, मेलमिलाप, छलफल तथा मुद्दा दायर लगायतका विषयका मुद्दा हेर्ने अधिकार सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयलाई दिएको छ ।
मधेश तराई तथा शहरी क्षेत्रमा मिटरव्याज पीडितको समस्या जिल्ला प्रशासनले हेर्दै आएको थियो । गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय तथा सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको कार्यविधिमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी जाँचबुझ आयोगमा प्राप्त एवम् अब आउने उजुरीको प्रमाण संकलन गर्ने र फर्छ्यौट हुन नसकेका उजुरी कानूनबमोजिम अभियोजनका लागि न्यायिक निकायमा पेश गर्ने जिम्मा प्रहरीलाई दिइएको हो ।
उजुरी दिन छुटेका मिटर व्याजपीडितले उजुरी दिन चाहेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ बमोजिम जिल्ला प्रहरी कार्यालयमा दिन सक्ने पनि कार्यविधिमा उल्लेख गरिएको गृह मन्त्रालयले जनाएको छ । यस अघि जिल्ला प्रशासन कार्यालय रौतहटले मिटर ब्याजीहरुको मुद्दा हेदै आएको थियो । मिटर ब्याजी पिडितहरु अझै पनि न्याय पाउने आशमा जिल्ला प्रहरी कार्यालय धाउन छाडेका छैनन । यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख दिलिप घिमिरेले कानुनी अडचन र ब्यबहारिक समस्याको कारण मिटर ब्याजीको समस्या समाधन गर्न कठिन भएको बताएका छन । लेनदेनको बिषयलाइ पनि मिटर ब्याजीको भन्ने तथा झन्झट नै झन्झटले मिटर ब्याजी पहिचान गर्न प्रहरीलाइ समस्या लागेको उनको भनाइ छ । १० पटक सम्म छलफल गर्दा पनि समस्याको समाधन हुन नसकेको प्रहरी प्रमुख घिमिरेले गुनासो गरे ।
यसैबिच गत आर्थिक बर्षमा प्रहरी प्रमुख घिमिरेले कर्तब्य ज्यान सम्बन्धी कसुरमा १७ वटा मुद्दा दर्ता भएको जानकारी दिएका छन । जस मध्ये ११ वटा मुद्दा फछयौट गरेको समेत उनले बताए । यसैगरी गत आर्थिक बर्षमा १ सय ९१ जनाले आत्माहत्या गरेको समेत प्रहरीको बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
Home मुख्य समाचार मिटर ब्याजीको समस्या जस्ताको त्यस्तै, प्रहरी प्रमुख घिमिरे भन्छन— ‘कानुनी र ब्यबहारिक...