संम्झौता कार्यान्वयन गर्न शिक्षकहरुले बुझाए पालिकामा ज्ञापन पत्र

0
45

चन्द्रपुर,८ साउन
संघिय शिक्षा ऐन जारी गर्ने र शिक्षामा लगानी बृद्धि गर्ने बिगतका संम्झौता कार्यान्वयनमा दवाब सिर्जना नेपाल राष्ट्रिय शिक्षक संगठनका पदाधिकारीहरुले चन्द्रपुर नगरपालिकामा मंगलबार ज्ञापन पत्र बुझाएका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन मधेश प्रदेशको आवहनमा सबै पालिका ज्ञापन बुझाउने कार्यक्रम अनुसार रौतहटको चन्द्रपुर नगरपालिकामा पनि ज्ञापन पत्र बुझाएको नेपाल राष्ट्रिय शिक्षक संगठनकी रौतहट उपाध्यक्ष रिता अधिकारीले जानकारी दिएकी छिन । नेपाल राष्ट्रिय शिक्षक संगठनका शिक्षकहरुले चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीलाइ ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।
ज्ञापन पत्रमा प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० मा तपशिल बमोजिम शैक्षिक मुल्य मान्यता र पेशाकर्मीहरुको हक,हित तथा संरक्षणको प्रबन्ध हुने गरी शिक्षा ऐन अविलम्ब ल्याउनु पर्ने ,नेपालको संविधान अनुसारको निःशुल्क, समावेशी शिक्षाको सुनिश्चितता, नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग पटक पटक विगतमा गरेका सहमतिहरुको कार्यान्वयन, गुणस्तरीय शिक्षाको लागि शिक्षामा गुणस्तरीय लगानीको ग्यारेण्टी, स्थानीय तहमा पेशागत हक, अधिकार र शिक्षकको संरक्षण, संविधान सम्मत ट्रेड युनियन अधिकारहरूको प्रत्याभूति, निजी विद्यालय र सामुदायिक विद्यालयका निजी प्रकारका शिक्षकहरुको आधारभूत सेवा सुविधाको ग्यारेण्टी, विद्यालय शिक्षालाई तिनै तहका सरकारको साझा दायित्व, शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनु पर्ने तथा शिक्षक काउन्सिको ब्यबस्था, उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ ले दिएका सुझावहरू अविलम्ब कार्यन्वयन गर्नुपर्ने उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा संगठनकी रौतहट उपाध्यक्ष रिता अधिकारी,नगरका पदाधिकारीहरु,केन्द्रिय प्रतिनिधि राधिका सापकोटा,नारायण कार्की,कुल बहादुर क्षेत्री लगायतको सहभागिता रहेको थियो ।
ज्ञापन पत्र मंगलबार जिल्लाको सबै पालिकाहरुमा,बुधबार जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका कार्यालयहरुमा र बिहीबार शिक्षा तथा सामजिक विकास मन्त्रालय मधेश प्रदेशमा बुझाउने कार्यक्रम रहेको संगठनका रौतहट जिल्ला अध्यक्ष अनिल निधिले जानकारी दिएका छन । मंगलबार रौतहटको गरुडा,कटहरिया,चन्द्रपुर लगायतका पालिकाहरुमा ज्ञापन पत्र बुझाएको अध्यक्ष निधिले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here