अनेरास्वबियुको चन्द्रपुर नगर अध्यक्षमा श्रेष्ठ

0
94

चन्द्रपुर,७ साउन
नेकपा एमालेको भातृ संगठन अनेरास्वबियुको चन्द्रपुर नगर कमिटि चयन भएको छ । सोमबार रौतहटको नेकपा एमाले चन्द्रपुर नगर कमिटिको कार्यालय चन्द्रनिगाहपुरमा अनेरास्वबियुमा आबद्ध बिद्यार्थीहरुको भेलाले १७ सदस्यीय चन्द्रपुर नगर कमिटि गठन गरेको हो ।नव गठित अनेरास्वबियु चन्द्रपुर नगर कमिटिको अध्यक्षमा सुब्बा श्रेष्ठ चयन भएका छन । समितिको उपाध्यक्षमा रबि महतो छन भने सचिबमा आकाश रौनियार चयन भएको अनेरास्वबियु रौतहट जिल्ला कमिटि संयोजक करण देबकोटाले जानकारी दिएका छन । यसैगरी समितिको सहसचिबमा प्रमानन्द साह,सदस्यहरुमा सुरज राउत,लासाङ घलान,राम बिनय बैठा,सुदिप सुनार,राहुल महतो,जेनिस चौधरी रहेको जिल्ला संयोजक देबकोटाले जानकारी दिए ।
कार्यक्रमको खुल्ला सत्रमा नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यले अनेरास्वबियु पार्टीको महत्वपुर्ण भातृ संगठन भएको बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले समाजका कुरिती बिरुद्ध अनेरास्वबियु बाघ बनेर आउनु पर्ने बताए । देशका ठुला ठुला नेता अनेरास्वबियुबाट नै आएको स्मरण गदै अध्यक्ष आचार्यले आसन्न स्वबियु निर्वाचनमा उपलब्धी हुनेगरी लाग्न समेत बिद्यार्थीहरुलाइ आग्रह गरेका थिए ।
कार्यक्रममा नगर कमिटि सदस्य चिरिन्जीबी गौतम,राम कुमार कटुवाल,सफल उप्रेती लगायत बिद्यार्थी नेताहरुको उपस्थीती रहेको थियो । भेला अनेरास्वबियु जिल्ला संयोजक करण देबकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबिच सोही कार्यक्रममा ४६औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलालको फोटोमा फुलमाला अर्पण गरेका थिए । नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न किसिमले विस्तारित भइरहेको र क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको नगर अध्यक्ष आचार्यले बताएका छन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि सुरु गरेको कम्युनिष्ट आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्वपुर्ण रहेको नगर अध्यक्ष आचार्यको भनाइ रहेको थियो । विसं १९९७ मा दाजु सहिद गङ्गालाल, अरू सहिद र २००७ सालको क्रान्तिका योद्धाहरूबाट प्रेरणा पाउनुभएका पुष्पलाल निरकुंश तानाशाही पञ्चायती कालमा अनेकौं जोखिमपूर्ण अवस्थामा पनि जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही सङ्घर्षको यात्रामा अविराम क्रियाशील रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here