गौर भन्सार लक्ष्य प्राप्त गर्न असफल

0
58

गौर,साउन
ब्यापक तस्करी कै कारण रौतहटको गौरमा रहेको गौर भन्सारले गत आर्थिक बर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ । गौर भन्सार कार्यालय रौतहटले गत आर्थिक बर्ष २०८०÷०८१मा करिब ८६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । भन्सार कार्यालय गौरले दिएको तथ्याङक अनुसार गत आर्थिक बर्षमा गौर भन्सार कार्यालयले ८५.९६ प्रतिशत राजस्व संकलन गरेको हो । तथ्याङक अनुसार गौर भन्सार कार्यालयले २९ करोड ९७ लाख७६ हजार ३ सय ९२ रुपैसा राजस्व संकलन गरेको छ । भन्सार बिभागले गत आर्थिक बर्षको लागी ३४ करोड ८७ लाख ३० हजार लक्ष्य दिएको थियो ।
गत आर्थिक बर्षमा पनि गौर भन्सार कार्यालयले लक्ष्य भेटाउन सकेन । गत आर्थिक बर्षमा सबैभन्दा बढी असार महिनामा राजस्व संकलन भएको छ । जसमा ४ करोड ९३ लाख २३ हजार ५ सय ३० रुपैया राजस्व संकलन भएको छ । भने सबैभन्दा कम गत भदौ महिनामा १ करोड ३९ लाख ९२ हजार राजस्व संकलन भएको देखिएको छ ।भन्सार बिभागबाट चालु आर्थिक बर्ष २०८१÷०८२ को लागी ३५ करोडको लक्ष्य पाएको गौर भन्सार कार्यालयका भन्सार अधिकृत अभिजित सिंहले जानकारी दिएका छन । चालु आर्थिक बर्षमा लक्ष्य अनुरुप राजस्व संकलन हुने अधिकृत सिंहले विश्वास गरेका छन ।
रौतहटमा ४ वटा छोटी भन्सार छन तर ति छोटी भन्सारहरु संचालनमा नहुदा राजस्व संकलनमा प्रभाब परेको देखिन्छ । लक्ष्मीपुर बेलबिछुअवा,औरैया,रामपुरखाप र बंकुलमा छोटी भन्सारका कार्यालय छन तर कर्मचारी नहुदा त्यहा ब्यापारीहरु मार्कामा परेका छन । बंकुल छोटी भन्सारमा कहिलेकाही कर्मचारी बस्ने गरेको भएता पनि नियमित छैनन । तस्कर र प्रहरी प्रशासनको मिलोमत्तोमा तस्करी बढेको कारण पनि राजस्व संकलनमा प्रभाब परेको सरोकारवालाहरु बताउने गर्दछन । माथि देखिनै सेटिङमा तस्करी भइरहेको छ । बाह्ै महिना तस्करी भएको कारण गौर भन्सार कार्यालयले ठुलो धनराशीको राजस्व गु्माउदै आइरहेको छ ।
खुल्ला सिमाना र बरामद समानको पनि न्युनतम मुल्य राखेर लिलाम गरेको कारण पनि राजस्व गुम्ने गरेको स्थानिय नागरिक समाजका अगुवाहरु बताउदै आएका छन । सिमा क्षेत्रबाट हार्डबियरको समानहरु,तरकारी,कुखुरा,लत्ता कपडाहरु दिनहु तस्करी भइरहेको छ । सिमा क्षेत्रबाट तस्करी नियन्त्रण गर्न शसस्त्र प्रहरीको ५ वटा बोओपी कार्यालयहरु पनि छन भने सिमा क्षेत्रमा नेपाल प्रहरीको चौकीहरु पनि छन तर ति सुरक्षा संयन्त्र पनि तस्कर संगको साठगाठमा रातरात तस्करी गर्न दिनेगरेको स्थानिय बताउछन । किसानको नाममा रसाइनिक मलको तस्करी पनि उतिकै छ । तस्करी गरेको रसाइनिक मल कालोबजारी गदै रौतहटका बजारहरुमा मंहगो दरमा बिक्री भइरहेको छ । यसरी राजस्व घटनुमा भन्सार कर्मचारी तथा सुरक्षा संयन्त्रको गतिलो हात रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here