गरुडा,१० साउन
नेकपा एमाले मधेश प्रदेशका सदस्य शेष कलिमुल्लाह माथि एक समुहले आक्रमण गरेको छ । बुधबार साझ नेता कलिमुल्लाह माथि आक्रमण गर्ने समुहलाइ प्रहरीले पक्राउ नगरेको भन्दै स्थानियबासीले गरुडामा बिहीबार १ घण्टा चक्का जाम गरेका छन । चन्द्रनिगाहपुर— गौर बिरेन्द्र राजमार्ग अन्र्तरगत गरुडामा स्थानियले प्रहरीको बिरोध गदै दिउसो १ बजे देखी २ बजे सम्म चक्काजाम गरेका थिए । बुधबार साझ गरुडा स्थीत एनआइसी बैक अगाडी साथीहरु संग गफ गरिरहेको अबस्थामा ७÷८ जनाको समूहमा आएकाले कुटपिट गरि भागेको एमाले नेता कलिमुल्लाहले बताए ।नेकपा एसको तर्फबाट गरुडा नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष प्रत्यासी अशोक यादबको समुहले आएर पछाडीबाट आक्रमण गरि कुटपिट गरेको उनले बताए । कुटपिटमा को–को थिए भन्ने इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजकुमार त्वातीलाइ जानकारी गराउँदा बेवास्ता एमालेका मधेस प्रदेसका नेतालाई कुटपिट गरेको घटनामा इलाका प्रहरी गरुडाले बेवास्ता गरेको भन्दै स्थानीय राजमार्ग अवरुद्ध पारेका हुन् । कुटपिटका घटनामा संलग्नलाई पक्राउ नगरेको पीडितको आरोप छ । एमाले मधेस प्रदेशका नेता सेख करिमुल्लाहलाई बुधबार राती गरुडा चोकमा बसिरहेको अवस् कुटपिटमा को–को थिए भन्ने प्रहरीलाई जानकारी गराउँदा बेवास्ता गरेको पीडित करिमुल्लाहले जानकारी दिए ।’मैले घटनाबारे इलाका प्रहरी गरुदाका डिएसपी राजकुमार त्वातीलाई जानकारी गराएको थिएँ’,उनले भने,’डएसपी त्वातीले कुनै सुनवाइ गरेनन् त्यसैले विरोध गरेका हौं । घटनाको दोषीलाई कारबाही गर्न माग गर्छु ।’ चक्काजामपछि सदरमुकाम जाने आउने सवारी रोकिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले जाहेरी दिन अनुरोध गरेका छन् । जाहेरीपछि कुटपिटमा संलग्नलाई पक्राउ गरिने जानकारी पीडितलाई गराएका छन् । पीडित लगायत स्थानीयले प्रहरीको विरोध गरेका छन् । पीडित करिमुल्लाहलाई कुटपिट गरे लगत्तै मोटर्साइकल चढेर भागेका थिए । आफूमाथी कुटपिट गर्ने सबैलाई चिनेको करिमुल्लाहले बताए । भोली सम्म दोषीलाइ पक्राउ गर्ने प्रहरीले आश्वासन दिएपछि चक्काजामको कार्यक्रम फिर्ता लिएको उनले बताए । भोली पनि दोषी पक्राउ नपरे कडा भन्दा कडा आन्दोलनमा उत्रने समेत नेता कलिमुल्लाहले बताएका छन ।