रौतहटमा एचआइभी एडस संक्रमित बढे,चन्द्रपुरमा मात्रै ३७ जना संक्रमित

0
79

चन्द्रपुर,१० साउन
रौतहटमा एचआइभी एडस संक्रमितको संख्या बढेको पाइएको छ । आर्थिक बर्ष २०७९÷०८० को तुलनामा आर्थिक बर्ष २०८०÷०८१ मा एचआइभी एडस संक्रमितको संख्या बढेको पाइएको हो । आर्थिक बर्ष २०७९÷०८० मा ३ सय ३२ जना एचआइभी एडस संक्रमित रहेकोमा आर्थिक बर्ष २०८०÷०८१ मा ४ सय ७४ जना संक्रमित भएको एक तथ्याङकले जनाएको छ । गत आर्थिक बर्षमा रौतहटमा १ सय ४२ जना एचआइभी एडस संक्रमित बढेको तथ्याङकले देखाएको छ । एचआइभी एडस संक्रमितहरुको रोकथाम तथा सचेतना सम्बन्धी काम गदैआएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरको तथ्याङकले रौतहटमा एचआइभी एडसका बिरामीहरु बढेको देखाएको हो । एक बर्ष मै १ सय ४२ जना एचआइभी एडस संक्रमित बढनु राम्रो संकेत नभएको सप्तरंगी नेपालकी कार्यक्रम संयोजक जिना राना मगरले जानकारी दिएकी छिन ।प्राप्त तथ्याङक अनुसार सबैभन्दा बढी रौतहटको राजपुर नगरपालिकामा एचआइभी एडस संक्रमित देखिएको छ । सो नगरपालिकामा गत आर्थिक बर्षको असार मसान्त सम्म ६३ जना संक्रमित रहेको कार्यक्रम संयोजक रानाले जानकारी दिएकी छिन । अघिल्लो आर्थिक बर्षमा सो नगरपालिकामा ५८ जना संक्रमित थिए । अहिले ५ जना संक्रमित बढेका छन । यसैगरी दोश्रोमा इशनाथ नगरपालिका रहेको छ । सो नगरपालिकामा अहिले सम्म ५२ जना संक्रमित रहेका छन भने अघिल्लो आर्थिक बर्षमा ४६ जना संक्रमित थिए । यस्तै चन्द्रपुर नगरपालिकामा अहिले सम्म ३७ जना संक्रमित रहेको सो तथ्याङकले जनाएको छ भने अघिल्लो बर्षमा ३० जना संक्रमित थिए । अहिले ७ जना संक्रमित चन्द्रपुरमा बढेका छन । यसैगरी गौर नगरपालिका भित्र ३५ जना,गुजरा नगर भित्र २० जना,फतुवा बिजयपुर नगरपालिकामा १० जना ,कटहरियामा २० जना,बृन्दावनमा १० जना,गढीमाइमा ११ जना संक्रमित रहेको कार्यक्रम संयोजक रानाले जानकारी दिएकी छिन ।यस्तै माधब नारायण नगरपालिकामा १२ जना,गरुडा नगरपालिकामा १९ जना,देवाही गुनाही नगरपालिकामा २० जना,मौलापुर नगरपालिकामा १५ जना,बौधीमाइ नगरपालिकामा २० जना,परोहा नगरपालिकामा २५ जना,राजदेबी नगरपालिकामा २५ जना,यमुनामाइ गाउपालिकामा २१ जना,दुर्गाभगबती गाउपालिकामा २० जना र अन्य ३४ जना गरी रौतहटमा ४ सय ७४ जना संक्रमित रहेको सो तथ्याङकमा उल्लेख गरेको छ ।रौतहटमा २०७१ साल यता एचआइभी एडस रोगको कारण ४२ जनाले ज्यान गुमाएको गौर अस्पतालका एचआइभी एडस शाखाका प्रमुख शेष असरफ अलीले जानकारी दिएका छन । हाल सम्म रौतहटमा ४ सय ७४ जना बिरामी दर्ता रहेको मा ४२ जनाले ज्यान गुमाएको र २० जना बाहिरी जिल्लामा औषधी खाने गरेको ,१७ जना देश बाहिर गएको शाखा प्रमुख अलीले बताए ।एचआइभी एडस संक्रमितको उपचार सहज रुपमा भएको र शंका लागे उपचार गर्न समयमै अस्पतालमा आउन गौर प्रादेशिक अस्पतालका डा. मुरारी ठाकुरले जानकारी दिएका छन । एचआइभी एडस संक्रमण नियन्त्रण गर्न स्थानिय पालिकाका जनप्रतिनिधिले सहयोग गर्नुपर्ने डा. ठाकुरको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here