रौतहटमा राहदानी लिनेको संख्या घटयो

0
77

गौर – आर्थिक बर्ष २०७९÷८० को तुलनामा आर्थिक बर्ष २०८०÷०८१ मा रौतहटबाट राहदानी लिनको संख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७९÷८० को तुलनामा आर्थिक बर्ष २०८०÷०८१ मा करिब ३ हजार ७ सय ३७ जना घटेका छन । आर्थिक बर्ष २०७९÷८० मा १२ हजार ७ सय ४८ जनाले राहदानी बनाएका थिए भने आर्थिक बर्ष २०८०÷०८१ मा ९ हजार २१ जनाले मात्रै राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङकमा उल्लेख गरिएको छ । रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाका बासिन्दाहरु राहदानी बनाउनको लागी जिल्ला प्रशासन कार्यालय गौर जान अपायक परेपछि केही महिना यता सर्लाहीको इलाका प्रशासन कार्यालय हरिवन गएको कारण पनि रौतहटमा राहदानी लिनको संख्या घटेको हो ।इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा राहदानीको सेवा नभएपछि यहाका अधिकांश नागरिकहरु दु्रत सेवा मार्फत काठमाण्डौ र इलाका प्रशासन कार्यालय हरिवन जान थालेका हुन । जिल्ला प्रशासन कार्यालय गौरमा राहदानी लिन कठिन र अपायक परेको भन्दै यहाका नागरिकहरु काठमाण्डौ र हरिवन जाने गरेका छन । चन्द्रपुर,गुजरा,बृन्दावन नगरपालिकाका सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालय गौरमा राहदानी लिन नगएको कारण यस बर्ष राहदानी लिनेको संख्या घटेको हो । २०७५ साल देखी इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा राहदानी सेवा सुचारु भएको भएता पनि नेपाल सरकारले बिधुतिय राहदानी (इ पासपोर्ट) दिन थालेपछि चन्द्रनिगाहपुरबाट राहदानी सेवा रोकिएको थियो । राहदानी सेवा सुचारु गर्न रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिनाले संसदमा समेत आवाज उठाएका थिए । चन्द्रनिगाहपुरबाट राहदानी सेवा हटाएपछि यस क्षेत्रका जनताहरु निराश भएका छन् । राज्यले जनताको घर घरमा सेवा उपलब्ध गराउने प्रतिबद्धता गरेपनि भइरहेको सेवालाई हटाएर जिल्लामा केन्द्रित गरेपछि केही जनता भने आक्रोशित भएका छन् । चन्द्रनिगाहपुर भन्दा पछाडी रहेको हरिवन इलाका प्रशासन कार्यालयबाट यतिखेर राहदानी वितरण भइरहेको छ । स्थानीय भरत आचार्यका अनुसार राजनीति दलका नेताहरुले जनताको पीर व्यथा नबुझेका कारण यस्तो अवस्था श्रृजना भएको स्वीकार्छन् । जनताको पक्षमा बोलिदिने नेताहरुले यसतर्फ खासै चासो नदेखाउदा विपन्न,गरीव परिवारका व्यक्तिहरु विशेष मारमा परेका छन् । अहिले चन्द्रनिगाहपुरका बासिन्दाहरु करिब ४२ किलोमिटर यात्रा गरेर जिल्ला प्रशासन कार्यालय गौरमा गएर राहदानी लिन बाध्य छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here