गौर – जिल्ला प्रशासन कार्यालय रौतहटबाट सक्कल नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपी लिनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको तथ्याङक अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा १० हजार ९ सय ४७ जनाले नागरिकता लिएका छन भने १७ हजार ६ सय ८२ जनाले नागरिकताको प्रतिलिपी लिएको पाइएको छ । नागरिकता भन्दा ६ हजार ७ सय ३५ जना बढीले नागरिकताको प्रतिलिपि लिएका छन । नेपाल सरकारले समाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागी राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भनेपछि नागरिकताको प्रतिलिपी लिनको संख्या ह्वातै बढेको हो । बृद्धबृद्धाहरुको पुरानो झुत्रो नागरिकताबाट राष्ट्रिय परिचय पत्र नबन्ने भएपछि नया कम्युटराइज नागरिकता लिनुपर्ने भएको कारण प्रतिलिपि लिनेको संख्या बढेको हुन सक्ने जिल्ला प्रशासन कार्यालय गौरका प्रशासन शाखा प्रमुख राम नरेश साहले बताए । नेपाल सरकारले साउन देखी रौतहट सहित १८ जिल्लामा समाजिक सुरक्षा भत्ता लिनेहरुले अनिवार्य राष्ट्रिय परिचय पत्र बनाउन पत्रचार गरेको थियो तर केही दिन अगाडी बसेको मन्त्री परिषदको बैठकले फेरी सो निर्णय रद्ध गरेको छ ।आर्थिक बर्ष २०७९÷०८० को तुलनामा आर्थिक बर्ष २०८०÷०८१ मा नागरिकता लिनेको संख्या घटेको छ । आर्थिक बर्ष २०७९÷०८० मा १२ हजार ९ सय ७४ जनाले नागरिकता लिएका थिए भने आर्थिक बर्ष २०८०÷०८१ मा १० हजार ९ सय ४७ जनाले मात्रै नागरिकता लिएको प्रशासन शाखा प्रमुख साहले जानकारी दिएका छन ।यसैगरी आर्थिक बर्ष २०८०÷०८१ मा ७ सय ३७ जनाले बैवाहिक अंगिकृत नागरिकता पाएका छन भने आर्थिक बर्ष २०७९÷०८० मा ९ सय ९ जनाले बैवाहिक अंगिकृत नागरिकता पाएका छन । यस्तै आर्थिक बर्ष २०८०÷०८१ मा १९ हजार ९ सय ८८ जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन भने ११ सय ४८ जनाको परिचय पत्र बितरण गरेको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङकमा उल्लेख गरिएको छ ।