साझ अत्यावश्यक बिधुतिय उपकरण मात्रै चलाउन प्राधिकरणको आग्रह

0
59

चन्द्रपुर – नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखा कार्यालयले साझ पख अत्यावश्यक बिधुतिय उपकरण मात्रै चलाउन आग्रह गरेको छ । शाखाका प्रमुख धिरेन्द्र कुमार यादबले बेलुका ५ बजे देखी ७ बजे सम्म अत्यवश्यक बिधुतिय उपकरण मात्रै चलाउन आग्रह गरेका हुन । केही दिनयता गर्मी बढे संगै बिधुत को माग अत्याधिक बढेको र जसले गर्दा विधुतिय संरचनाहरू (प्रशारण लाइन, वितरण लाइन, पावर ट्रान्स्फर्मर, वितरण ट्रान्स्फर्मर हरु) ओभरलोड अवस्थामा रहेको उनले जानकारी दिए । जसको कारण कम भोलटेजको समस्या र पटक पटक तार चुडने, फयुज जल्ने गरेकोले लाइन अवरुद्ध हुने गरेको हुदा साझ पख अत्यावश्यक बाहेकको विधुतिय उपकरण (धेरै विधुत खपत गर्ने विधुतिय उपकरण) केहि दिनको लागि वेलुका ०७ः०० बजे देखि विहान ०५ः०० बजे सम्म नचलाइ गर्न कार्यालय प्रमुख यादबले आग्रह गरेका छन ।रौतहटमा तीन दिनदेखिको प्रचण्ड गर्मीको कारण जनजीवन अत्यन्तै प्रभाबित भएको छ । यो गर्मीले सामान्य जनजीवन मात्र होइन, ज्यालादारीमा काम गर्ने मजदुरहरूमाथि समेत गम्भीर असर पु¥याएको छ । मजदुरहरू बाहिरी काम गर्न नसक्ने अवस्थामा पुगेका छन्, जसले उनीहरूको दैनिक आम्दानीमा ठूलो असर परेको छ । अनियमित विद्युत् कटौतीको समस्या पनि यो गर्मीको प्रभावलाई झन् तीव्र बनाउँदैछ ।नियमित रूपमा बिजुली जाने र आउनेले पंखा र एसी चलाउन असम्भव बनेको छ । त्यति मात्र नभएर बिधुतको कर्मचारीको लापारवाहिले गर्दा पंखा, एसि, बिधुतबाट चल्ने मसिन समेतमा असर पर्ने गरेको उपभोक्ताहरुले गुनासो समेत गरेका छन । यो समस्या विशेष गरी गृहिणीहरूका लागि थप चुनौतीपूर्ण बनेको छ । घरको कामकाज गर्दा अत्यधिक गर्मीको सामना गर्नुपर्दा उनीहरूमा थकान र अस्वस्थता बढेको छ ।रौतहट जिल्लाका विभिन्न भागहरूमा पानीको अभाव पनि एक प्रमुख समस्या बनेको छ । यो गर्मीको कारण धारा तथा इनारहरूमा पानीको आपूर्ति घटेको छ, जसले गर्दा सर्वसाधारणलाई दैनिक जीवनयापनमा ठूलो कठिनाई भइरहेको छ । स्वास्थ्य सेवाहरूमा गर्मीजन्य बिरामीहरूको संख्यामा बृद्धि भएको छ । अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा गर्मी लाग्ने, डिहाइड्रेसन, चक्कर आउने जस्ता समस्या लिएर आउने बिरामीहरूको संख्या दिनानुदिन बढिरहेको छ ।यो गर्मी र विद्युत् कटौतीको समस्या समाधान गर्न स्थानीय प्रशासन र सम्बद्ध निकायहरूले तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ । विद्युत् आपूर्ति नियमित गर्न, पानीको आपूर्ति सुधार गर्न तथा अत्यधिक गर्मीबाट जोगिन सर्वसाधारणलाई आवश्यक सुझाव र सहायता प्रदान गर्न सम्बन्धित निकायहरूले पहल गर्नुपर्ने देखिन्छ । त्यति मात्र नभएर अहिले खेतमा धानको रोपाईको समय भएको हुँदा रोप लगाउने महिलाहरुलाई प्रचण्ड गर्मिको कारण अस्तब्यस्त बनिरहेको देखिएको छ । यता पानी नपर्दा किसानहरुले रोपेको धान पनि मर्न थालेको छ । चर्को घामले खेतका धान मर्न लागेको हो । रौतहटको उत्तरी भेगमा सिचाइको अभाबमा अझै पनि रोपाइ हुन सकेको छैन । रोपेको धान पनि मर्न लागेको र केही किसानहरुको खेत बाझै रहेको अबस्था पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here