सडक र्दुघटना न्युनिकरणको लागी सन्तपुरमा कृतिम घटना अभ्यास

0
32

चन्द्रपुर,१७ असोज
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ सन्तपुरमा सडक र्दुघटना न्युनिकरण गर्ने उदेश्यले कृतिम अभ्यास कार्यक्रम सम्पन्न भएको छ । शसस्त्र प्रहरी बल,नेपाल सुरक्षा वेश सन्तपुर, इप्रका चपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट, नेपाल रेडक्रस सोसाइटि रौतहट चपुर उपशाखा र चपुर अस्पतालद्वारा उक्त कृतिम अभ्यास कार्यक्रम गरिएको हो ।
सडक र्दुघटनामा उद्दार,बिपत जोखिम,क्षति रोकथाम तथा न्युनिकरण गर्ने उदेश्यले यस्तो किसिमको कार्यक्रमको आयोजना गरेको शसस्त्र सुरक्षा बेस सन्तपुरका डिएसपी मुरारी अधिकारीले जानकारी दिएका छन । बर्षातको अन्त्य सँगै नजिकिदै गरेको चाडपर्वको समयमा आम सर्वसाधारणको लामो तथा छोटो दुरीको यात्रामा व्यापक बढोतरी सँगै हुने सडक दुर्घटना बाट ठुलो मात्रामा मानविय तथा भौतिक क्षति हुने तथ्याङ्कले देखाइरहेको अबसथामा यस्ता किसिमको सचेतना कार्यक्रमले कमी ल्याउने डिएसपी अधिकारीले बताए ।
यस्ता घटनाहरुमा सप्रबल नेपालको चुस्त प्ररिचालन तथा घाईतेहरुको प्रभावकारी उद्दार गर्न आवश्यक पुर्व तयारी अभ्यासका साथै विपद जोखिम न्युनिकरणका लागि सडक दुर्घटनाका घटनाहरुमा आधारित उपयुक्त स्तरिय कृतिम घटना निर्माण गरी संबद्व अन्य सुरक्षा निकाय प्रदेश जिल्ला र स्थानिय विपद व्यवस्थापन समिति,नेपाल रेडक्रस सोसाईटी तथा सरोकार वाला निकायहरुसँग आवश्यक समन्वय एवम सहकार्य गरी उपलव्ध स्रोत साधनको उच्चतम प्रयोग गरी सडक दुर्घटना सम्बन्धि कृतिम घटनामा आधारित विपद जोखिम न्युनिकरण तथा प्रतिकार्य अभ्यास संचालन गरिएको उनले बताए ।
भविष्यमा हुन सक्ने कुनै पनि किसिमको सडक दुर्घटनामा क्षेती रोकथाम तथा न्युनिकरण सामुहिक ÷ सयुक्त सुरक्षा टोली परिचालन गरी घाईते विरामी छिटो उद्धार गरी उपचारमा पठाउन र राजमार्ग छिटो संचालन गरी अति आवश्यक सेवा पुनःसुचारु राख्ने तथा शान्ती सुरक्षा कायम राख्ने उदेश्यले यो अभ्यास संचालनले समाजलाइ सकारात्मक सन्देश दिने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताए । उक्त कृतम अभ्यास कार्यक्रममा घटना स्थलमा सप्र बल नेपालका उद्वारकर्ताद्वारा घाईतेहरुको प्राथमिकीकरण , इप्रका चपुरको टोलीद्वारा घटनास्थलको स्केचिङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटद्वारा ट्राफिक व्यवस्थापन अभ्यास, नेपाल रेडक्रस सोसाइटी चपुर उपशाखा र चपुर अस्पतालबाट प्यारामेडिक्सहरुद्वारा घाइतेहरुको प्राथमिक उपचारको कृतिम अभ्यास गरीएको शसस्त्र प्रहरी दुधियाभारका शसस्त्र प्रहरी निरिक्षक चुडाराज थापाले जानकारी दिएका छन ।
संयुक्त उद्धारकको टोलीद्वारा गम्भिर घाईतेलाई ड्रेसिङ्ग ब्याण्डेजिङ्ग गरी घाईतेका थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा ठाउने, खुट्टा भाँचिए घाईतेलाई स्थिर गरेर प्राथमिक उपचार गरेर एम्वुलेन्समा राखी अस्पताल पठाउन अभ्यास गरीएको शसस्त्र प्रहरी निरिक्षक थापाले जानकारी दिएका छन ।
अभ्यासमा यसरी उद्दारकहरुले दुर्घटनामा घाईतेको अवस्थालाई थप विग्रन नदिनको लागि घटना स्थलमानै प्राथमिक उपचार गरी घाईतेको जीवनरक्षा गर्नमा महत्वपुर्ण भूमिका निर्वाह गरेको उनले जानकारी दिए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ८ का वाड अध्यक्ष जितेन्द्र कुमार चौधरी,चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राई,शसस्त्र प्रहरी सन्तपुर बेसका डिएसपी मुरारी अधिकारी,नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाका सभापति कृष्ण प्रसाद अधिकारी,डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत राजेश साह,जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र अधिकारी,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक साजन कुमार शर्मा लगायातको उपस्थीती रहेको थियो । कार्यक्रमको संचालन शसस्त्र प्रहरी दुधियाभारका शसस्त्र प्रहरी निरिक्षक चुडाराज थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here