चन्द्रपुर,१७ असोज
रौतहटको चन्द्रनिगाहपुरमा अनाधिकृत रुपमा संचालनमाा रहेका सहकारी संस्थालाइ तुरुन्त बन्द गर्न रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड चन्द्रनिगाहपुरले माग गरेको छ । केही दिन अगाडी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेलाइ ज्ञापन पत्र यस्तो माग गरेका हुन । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड चन्द्रनिगाहपुरका अध्यक्ष बिभु कुमार पोखरेलको नेतृत्वमा गएको टोलीले नगर प्रमुख काफ्लेलाइ ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा चन्द्रपुर नगरक्षेत्रमा केही अनाधिकृत सहकारी संस्था संचालनमा रहेको र ति सहकारी संस्थालाइ तुरुन्त हटाउनु पर्ने माग उल्लेख गरिएको छ । बिभिन्न प्रलोभन देखाइ यहाका बचतकर्ताको रकम संकलन गरी अपचलन गर्ने नियतले शाखा बिस्तार भएका त्यस्ता संस्थालाइ बन्द गर्नुपर्ने संघको माग छ । ज्ञापन पत्र बुझदै नगर प्रमुख काफ्लेले बिधि बिधान भन्दा बाहिर गएर संचालन भएको सहकारी संस्थालाइ कार्वाही गरेर नै छाडने बताएका छन । स्थानिय जनताको पैसा सुरक्षितताको लागी नगरपालिका नियम बिधी बिधान भन्दा एक इन्च पर गएर काम नगर्ने र अनाधिकृत रुपमा कुनै सहकारी संस्था संचालन भएको पाइएमा कार्वाही गर्ने नगर प्रमुख काफ्लेले प्रतिबद्धता जनाएका छन ।
ज्ञापन पत्र बुझाउदै रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड चन्द्रनिगाहपुका अध्यक्ष बिभु कुमार पोखरेलले अनाधिकृत रुपमा संचालनमा आएका सहकारी संस्था कारोबार नगर्न सम्पुर्णलाइ आग्रह गरेका छन । बाहिरबाट कमाउन आएका सहकारी देखी सचेत हुनुपर्ने र यस्ता सहकारीलाइ कार्वाही गर्नुपर्ने अध्यक्ष पोखरेलको माग छ ।ज्ञापन पत्र बुझाउन रौतहट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष,सचिब,कोषाध्यक्ष लगायतको टोली चन्द्रपुर नगरपालिकामा पुगेको थियो ।
यसैबिच चन्द्रनिगाहपुरमा रोयल बचत तथा ऋण सहकारी संस्थाले अनाधिकृत रुपमा शाखा बिस्तार गरी रकम संकलन गर्ने गरेको पाइएको छ । पर्साको बिरगंज प्रमुख कार्यालय रहेको सो सहकारीले प्रदेशको अनुमती भन्दै चन्द्रनिगाहपुरमा शाखा बिस्तार गरेको छ । उक्त सहकारी संस्थाले चन्द्रपुर नगरपालिकाबाट कुनै पनि किसिमको अनुमति नलिएको चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख शेख नसरे आलमले जानकारी दिएका छन । रोयल सहकारी संस्थाको बारेमा अनुसन्धान भइरहेको र कानुन र बिधि भन्दा बाहिर संचालनमा भएको भए कार्वाहीको दायरामा ल्याउने सहकारी शाखा प्रमुख आलमले बताएका छन । रोयल बचत तथा ऋण सहकारी संस्थाले केही महिना देखी चन्द्रनिगाहपुरमा कारोबार गदै आइरहेको छ ।