चन्द्रपुर,१९ असोज
रौतहटको चन्द्रनिगाहपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्थाको १६ औ साधरण सभाले नया संचालक समिति चयन गरेको छ । नया संचालक समितिको अध्यक्षमा गणेश पौडेल चयन भएका छन । यसैगरी संचालक समितिको उपाध्यक्षमा कुल बहादुर थापा,सचिबमा चिरन्जीबी गौतम, सहसचिबमा रामचन्द्र तिमलसिना,कोषाध्यक्षमा कृष्णचन्द्र पोखरेल चयन भएका छन । यसैरी सदस्यहरुमा जनकराज भारती ,डिल्ली बहादुर कार्की, शारदा भण्डारी लगायत रहेका छन ।
उक्त संस्थाले आर्थिक बर्ष २०८०÷०८१ मा १ करोड ३५ लाख भन्दा बढी मुनाफा कमाएको छ । शनिबार गोल्डेन ब्याककेट चन्द्रपुरको सभाहलमा भएको १६ औ साधारण सभामा सो जानकारी गराइएको थियो । संस्थाको साधरण सभाको उदघाटन चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले गर्नुहुदै सदस्यहरुको संयुक्त स्वामित्व र लोकतान्त्रिक नियन्त्रण बाट संचालित ब्यबसाय मार्फत आफना साझा आर्थीक, समाजिक, सास्कृतिक आबश्यक्ता पुरा गर्न स्वेच्छिक रुपमा एक जुट हुदै संकल्प बचत तथा ऋण सहकारी संस्थाले अझै उत्पादनशीलता बढाउदै समाज लाइ सहकारी सेबाको माध्यम बाट उज्यालो तर्फ डोरयाउन आग्रह गर्नु भयो । सभामा संस्थाका अध्यक्ष बिभु पोखरेलले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुहुदै बिक्रम सम्बत ०६५ पौष २१ गते १ सय ११ सदस्य बाट ३१ लाख १९ हजार १ सय पुजी संकलन गरी संकल्प साकोसको स्थापना गरिएको हो । प्रबिधिमैत्री युग अनुरुप संकल्प साकोस लाई पनि सोही अनुसार संचालन गर्दै आएको बताउनु भयो । प्रतिबेदनमा सम्पुर्ण प्रबिधि लाई आत्मसाथ गर्दै आर्थीक बर्ष ०८०÷०८१ को असार मसान्तमा आई पुग्दा ४ हजार ४ सय ५१ जनाको शेयर पुजी ६५ करोड ६६ लाख ९ हजार ३ सय, निक्षेप ४९ करोड ७२ लाख १० हजार ६ सय २१ रुपैया १८ पैसाको शुध्द ऋण लगानी ४९ करोड ९९ लाख ३४ हजार ४ सय २० रुपैया ४२ पैसा गरी कुल सम्पती ६७ करोड २२ लाख २० हजार ६ सय ४८ रुपैया २४ पैसा रहेको जनाइएको छ । संभामा कोषाध्यक्ष बलराम गौतम द्धारा बार्षिक प्रतिबेदन र लेखा समितिको तर्फ बाट संयोजक गणेश पौडेल द्धारा प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सहसचिब चीरन्जिवी गौतमले गर्नु भएको थियो भने स्वागत मन्तब्य संस्थाका सचिब कुल बहादुर थापाले गर्नु भएको थियो । बिभिन्न साकोसका अध्यक्ष एबम प्रतिनिधिले साधारण सभाको सफलताको शुभकामना दिएका थिए । १६ औ साधरण सभाले नया संचालक समिति समेत चयन गरेको छ ।