चन्द्रपुर,२८ कार्तिक
पुर्व मेचीबाट शुरुभएको नेपाली कांग्रेसको युवा संकल्प यात्राको टोली बुधबार बिहान रौतहटको चन्द्रनिगाहपुरमा आइपुगेको छ । नेपाली कांग्रेसका नेता तथा नेविसंघ केन्द्रिय पुर्व अध्यक्ष रन्जित कर्ण, नेपाल तरुण दल केन्द्रिय महासचिव भुपेन्द्र जंग शाही, नेविसंघका केन्दिय सदस्य प्रेमिका राना मगर लगायत कांग्रेसका युवा नेता सहितको टोली बुधबार बिहान चन्द्रनिगाहपुर आइपुगेको हो ।
कांग्रेसका युवा नेता कर्ण,शाही, राना मगर लगायतको संयोजनमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा सुरू भएको थियो । पुर्व मेचीनगरबाट कात्तिक २३ गते सुरू भएको यात्रा बुधबार चन्द्रनिगाहपुर आइपुगेको चन्द्रपुरका युवा नेता शम्भु थापाले जानकारी दिएका छन ।
युवा संकल्प यात्राको टोलीलाई नेपाली कांग्रेस मधेश प्रदेशका प्रबक्ता तथा मधेश प्रदेश सदस्य सुर्य बहादुर थापा, रौतहट क्षेत्र नं. ४ का क्षेत्रिय सभापति राम स्नेही यादब लगायतका नेताहरुले चन्द्रनिगाहपुरमा स्वागत गरेका थिए ।
भ्रष्टाचार उन्मुलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर पूर्व–पश्चिम संकल्प यात्रा सुरू गरेको नेता कर्णले बताए ।
सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने तथा सहकारी पीडितलाई तत्काल राहत तथा बचत फिर्ता गरिनुपर्ने, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि गरिनुपर्ने, सहकारी बचत ठगी गर्नेलाई कारबाही गरिनुपर्ने एजेन्डा पनि युवा संकल्प यात्रामा नेबि संघका पुर्व अध्यक्ष तथा युवा नेता कर्णले जानकारी दिएका छन ।
कांग्रेस झापाका सभापति देउमान थेवेले पार्टीको झन्डा यात्राका नेतृत्वकर्ता हस्तान्तरण गरेर यात्रा शुभारम्भ गरेका थिए। यसबीचमा सप्तरी, सिरहा, मोरङ, सुनसरीलगायत जिल्लामा युवा संकल्प यात्रा भइसकेको छ। चन्द्रनिगाहपु्रमा भएको स्वागत कार्यक्रमको संचालन कांग्रेस नेता नरेश लामिछानेले गरेका थिए । कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सकल्प यात्रा मंसिर ४ गते पश्चिम महेन्द्रनगर पुगेर सम्पन्न हुनेछ ।