चन्द्रपुर नगर क्षेत्रमा १४ वटा एनपी आर सीसीटिभी क्यामेरा जडान

0
106

चन्द्रपुर,२७ बैशाख
रौतहट जिल्लाको मुख्य व्यापारी केन्द्र चन्द्रपुर नगर क्षेत्रहरूको बिभिन्न ६ स्थानमा १४ वटा एनपी आर सीसीटिभी क्यामेरा जडान गरिएको छ । सवारी दुर्घटना, चोरी, लुटपाट लगायतका विभिन्न घट्नाहरू घटाई फरार हुने लाई पक्राउ गर्न सीसीटिभी क्यामेराले सहज हुने भएको छ । अपराधहरू रोकथाम तथा नियन्त्रण गरी प्रहरीको कार्यलाई प्रविधिमैत्री बनाउने उद्येश्यले नगरको बिभिन्न भागमा क्यामरा जडान गरिएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको पहलमा चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुर रौतहटको आर्थिक सहयोगमा नगरको बिभिन्न स्थानहरूमा जडान गरिएको क्यामेराले दिन र रातको समयमा समेत नम्वर प्लेट रिडिङ गर्नसक्ने भएकाले घटना दुुर्घटना र अपराध अनुसन्धानमा क्यामेरा सहयोगी हुने जनाइएको छ । यस भन्दा अगाडीनै जडान गरिएको ३२ वटा सीसीटिभी क्यामेरावाट बजार क्षेत्रको गतिविधि निग्रानी गरिदै आएको अवस्थामा थप जडान गरिएको क्यामेरा सहित ४६ वटै क्यामेराहरू मार्फत चन्द्रपुर क्षेत्रको सुरक्षासंग सम्वन्धित विभिन्न क्रियाकलापहरूको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले २४ औ घण्टा निगरानी बढाएको जनाएको छ । चन्द्रपुर नगरपालिकाका प्रमु्ख सञ्जय काफलेले नागरिकको सुरक्षा नगरको चासो भएकाले नगरको निगरानीको लागि क्यामेरा जडान गरिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here