चन्द्रपुर,३० कार्तिक
रौतहटका एक ब्यपारी अहिले मर्नु न बाच्नुको अबस्थामा पुगेका छन । रौतहटको गुजरा नगरपालिका वार्ड नं. ५ हरीहरपुरका अम्बीका प्रसाद अहिले एक दाना उधोगका संचालकले पैसा नदिदा मर्नु न बाच्नु अबस्थामा पुगेका हुन । आइतबार चन्द्रनिगाहपुरमा संचाकर्मीहरु संग कुरा गदै अम्बीका प्रसादले यस्तो बताएका हुन । गुडु गल्ला भण्डारको संचालक समेत रहेका अम्बीका प्रसादले गत बर्ष गाउभरीका मकै तथा धान उठाएर रौतहटको शिवनगर स्थीत दाइभाई एण्ड बिमल कृषि फर्म तथा दाना उधोगलाई बिक्री गरे तर बिक्री गरेको अन्नको पैसा सो उद्योगले अहिले सम्म नदिदा आफु मर्नु न बाच्नु अबस्थामा पुगेको बताएका छन । दाइभाई एण्ड बिमल कृषि फर्म तथा दाना उधोगलाई एक करोड २३ लाख मुल्य बराबरको मकै र ३९ लाख मुल्य बराबरको धान बिक्री गरेको भएता पनि अहिले सम्म एक रुपैया नदिएको कारण आफनो बिल्लीबाठ भएको अम्बीका प्रसादले पत्रकार सम्मेलनमा बताए ।
दाइभाई एण्ड बिमल कृषि फर्म तथा दाना उधोगको संचालक अरबिन्द साह सोनारले पटक पटक गरि एक करोड ३२ लाखको चेक दिएको भएतापनि उक्त चेकको रकम नपाएको उनको गुनासो छ । उता किसानहरुले आफनो गाडी लगायतका समानहरु लगेको उनले बताएका छन । चेकको पैसा उठाउनको लागी प्रहरी कार्यालयहरुमा पटक पटक सहयोग माग्दा समेत असहयोग गरेको समेत उनको गुनासो छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा लेखनदासको काम गर्ने एकजना ब्यक्तीले पैसा उठाइदिन्छु भन्दै एक लाख ३० हजार खाएको समेत उनले बताएका छन ।
दाइभाई एण्ड बिमल कृषि फर्म तथा दाना उधोगका संचालकलाइ प्रहरीले गत भदौ १६ गते इटहरीबाट पक्राउ गरी ल्याएको भएतापनि बिरामीको बाहनामा त्यतिकै छाडिएको समेत उनले बताए । पैसा लिएर भाग्ने दाइभाई एण्ड बिमल कृषि फर्म तथा दाना उधोगका संचालकहरुलाइ पक्राउ गरि असुल उपरको लागी सहयोग गरिदिन समेत उनले प्रहरीलाइ आग्रह गरेका छन ।
अहिले आफु गाउ पुग्दा किसानहरुले घेर्ने र यता दाइभाई एण्ड बिमल कृषि फर्म तथा दाना उधोगले आफुलाइ पैसा नदिदा आफु एकदमै समस्यामा परेको अम्बीका प्रसादको गुनासो छ ।






