रौतहट,५ मंसिर
रौतहटमा बिद्यालयको बसले ठक्कर दिदा २ बर्षिय बालकको मृत्यु भएको छ । आज शुक्रबार बिहान गरुडा नगरपालिका वार्ड नं. १ स्थीत भित्री सडक खण्डमा बिद्यालय बस्ले ठक्कर दिदा २ बर्षिय बालकको मृत्यु भएको हो ।
जयनगर बाट मानपुर तर्फ जादै गरेको प्र.०३–००१ख १७२६ नं. को सखुअवा स्थित रहेको ओम एकेडेमीको बसले ठक्कर दिदा सोही गाउ बस्ने रंजन साहको २ बर्षिय छोरा आदित्य कुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभएको छ । बालकको घटना स्थलमै मृत्यु भएको र लासलाइ पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल गौर पठाइएको समेत प्रहरी नायब उपरिक्षक बस्यालले जानकारी दिनुभयो ।
बस घटना स्थलबाट नियन्त्रणमा लिई इलका प्रहरी कार्यालय गरुडामा ल्याइ राखिएको र चालक हाल नामथर वतन नखुलेको फरार रहेको समेत उहाले जानकारी दिनुभयो । चालकको पहिचान गर्ने तथा पक्राउ गर्न खोजतलास कार्य भई रहेको समेत प्रहरी नायब उपरिक्षक बस्यालले जानकारी दिनुभएको छ ।






