चन्द्रनिगाहपुरबाट २ थान पेस्तोल तथा गोली गठा सहित आचार्य पक्राउ

0
458

चन्द्रपुर,६ मंसिर
रौतहटको चन्द्रनिगाहपुरबाट शसस्त्र प्रहरीले आज शनिबार दिउसो अबैध पेस्तोल तथा गोलिगठा सहित एकजनालाइ पक्राउ गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ४ देउरालीचोकबाट आज शनिबार मकवानपुर जिल्लाको हेटौडा उ.म.न.पा. वडा नं.१३ पदमपोखरी वस्ने २२ बर्षिय सुमन आचार्यलाई शसस्त्र प्रहरीले पेस्तोल तथा गोली गठा सहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी वल,नेपाल सुरक्षा बेश सन्तपुरका सशस्त्र प्रहरी नायब उपरिक्षक राजेन्द्र बहादुर बस्नेतको नेतृत्वको टोलीले हातहतियार सहित पक्राउ गरेको शसस्त्र प्रहरी वल नेपाल नम्बर ११ गण रौतहटका शसस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारीले जानकारी दिनुभएको छ ।
आचार्यको साथबाट ९ मि.मि. ब्राउनिङ पेस्तोल ०००१६९ ०८२३६.को म्याग्जिन एक थान,३५५२३०.को म्याग्जिन एकथान,.बाल राउण्ड १३ गोटा (पिन्धिमा ३११२३ उल्लेखित ), ओपो मोवाईल एकथान,खुकुरी एकथान.ग्लोवल आइएमइ बैकको एटिम एकथान,लाईसेन्स रसिद एकथान र झोला एक थान बरामद गरेको शसस्त्र प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here