चन्द्रनिगाहपुरका महिलाहरुको लागी डकर्मी तालिम शुरु

0
98

चन्द्रपुर,७ मंसिर
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ४ चन्द्रनिगाहपुरका गरिब बिपन्न परिवारका महिलाहरुको लागी १० दिने डकर्मी तालिम आज आइतबारबाट शुरु भएको छ । स्टयार्डड च्यार्टस बैकको आर्थिक सहयोग र राष्ट्रिय अपांग पुर्नस्थापना समाज अनामनगर काठमाण्डौको आयोजनामा सो तालिम आजबाट शुरु भएको हो ।
तालिमको शुभारम्भ कार्यक्रममा चन्द्रपुर नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष रबि राना मगरले तालिममा सहभागिहरुलाइ तालिमको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । यस्ता किसिमका तालिमले मानिसहरुलाइ स्वोरोजगार बनाउने हुदा तालिम लिइसकेपछि सदुपयोग गर्न समेत सहभागिहरुलाइ वार्ड अध्यक्ष रानाले आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय अपांग पुर्नस्थापना समाज अनामनगर काठमाण्डौका उपाध्यक्ष संगम भट्टराईले दक्ष प्रशिक्षकबाट तालिम दिइने हुदा तालिममा सहभागिहरुले तालिम अबधि भर सक्दो लाभ लिन आग्रह गर्नुभयो । महिला दिदि बहिनीहरुलाइ स्वरोजगार बनाउने उदेश्यले आफनो संस्थाले देशका बिभिन्न पालिकाहरुमा यस्ता किसिमका तालिमहरु दिदै आएको समेत उपाध्यक्ष भट्टराईले जानकारी दिनुभएको छ ।
डकर्मी तालिममा १० जनालाइ १० दिने तालिम र २० जनालाइ २ दिने बितिय ब्यबस्थापन तालिम दिने समेत उहाले जानकारी दिनुभएको छ ।
संस्थाका ब्यबस्थापक कुमार संजेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा चन्द्रपुर नगरपालिका वार्ड नं. ४ का सदस्य द्धय प्रेमा तिमलसिना, साबित्री कुश्वार,एमाले नेता जयनारायण साहले शुभकामना ब्यक्त गर्नुभएको थियो । वार्ड अध्यक्ष रबि राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाडा सदस्य ज्ञानु बिक,प्रशिक्षक शम्भु ठाकुर लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here