चन्द्रपुर,१० मंसिर
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ४ चन्द्रनिगाहपुरमा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १८ औ स्थापना दिवश आज बुधबार मनाएको छ । आफनो स्थापना दिवशको अबसर पारेर संस्थाले सरोकारवालाहरु संग सहकारी क्षेत्रमा देखिएका समसामयिक समस्या र अबस्था बारे अन्र्तरक्रिया कार्यक्रम समेत गरेको थियो ।
कार्यक्रमको उदघाटन गदै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख एवं प्रमुख अतिथि संजय कुमार काफ्लेले सहकारी संस्थाको बृहत्तर हितको लागी नगरपालिकाले बृहत अन्र्तरक्रिया गर्ने बताउनु भएको छ । राम्रो काम गर्ने सहकारीहरुमा कुनै किसिमको समस्या नदेखिएको नगर प्रमुख काफ्लेले बताउनु भएको छ । नगर प्रमुख काफ्लेले सहकारी संस्थाहरुमा बदलिदो निति नियमको बारेमा जानकारी चनाखो भएर काम गर्नुपर्ने समेत बताउनु भएको छ ।
उक्त कार्यक्रममा चन्द्रपुर ६ का वाडाध्यक्ष सहदेब केसी,रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बिभु पोखरेल,चन्द्रोदय साकोसका अध्यक्ष बसन्त आचार्य,स्वस्तीक साकोसका अध्यक्ष नरेन्द्र राना मगर,संकल्प सकोसका अध्यक्ष गणेश पौडेल,यातायात मजदुर साकोसका अध्यक्ष कुल प्रसाद अधिकारी,मुलघर कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्र चौलागाई,चन्द्रपुर अस्पताल प्रालिका प्रमुख डा. सुवास चौधरी,संस्थाका सल्लाहकार डा. शालिग्राम उपाध्याय,दुर्गा प्रसाद चिमोरिया,संस्थापक अध्यक्ष खडग बम्जन,पुर्व अध्यक्ष सुबोल काफ्ले,देब बहादुर सापकोटा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
संस्थापना दिवशको अबसर पारेर बिभिन्न ब्यक्तीत्वहरुलाइ सम्मान समेत गरेको संस्थाका मुख्य ब्यबस्थापक यज्ञ प्रसाईले जानकारी दिनुभएको छ । संस्थाका अध्यक्ष राजेन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिब दिनेश मैनालीले गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाका कोषाध्यक्ष कुलशेखर पहाडीले राख्नु भएको थियो ।
संस्थाको स्थापना दिवशको अबसर पारेर रक्तदान कार्यक्रम समेत गरिएको थियो भने रक्तदाताहरुलाइ नगर प्रमुख काफ्लेले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
यस अघि हिजो सोमबार संस्थाले स्थापना दिवशकै अबसर पारेर चन्द्रपुर नगरपालिका वार्ड नं. ७ मा रहेको मानव आश्रम सेवामा गएर त्यहा रहेका मानिसहरुलाइ एकछाक खाना समेत खुवाएको थियो ।






