रौतहटमा कार्यरत असई रागनी कुमारी यादव देशभरकै उत्कृष्ट प्रहरी घोषित

0
165

रौतहट,१४ मंसिर
जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनी कुमारी यादव देशभरकै उत्कृष्ट प्रहरी घोषित भएकी छन् ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा नेपाल प्रहरीको प्रधान कार्यालयले देशभरका महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीहरूमध्ये रागनीकुमारीलाई उत्कृष्ट चयन गरेको हो ।
आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रथम स्थान हासिल गरेकोमा नगद ४० हजार रुपैयाँसहित प्रशंसा–पत्र प्रदान गरे ।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भएकी रागनी हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत छिन् ।
आर्थिक वर्ष २०८१-०८२ को लैंगिक हिंसाको तथ्यपत्र सार्वजनिकीकरण कार्यक्रमको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीमध्ये कार्य सम्पादनको आधारमा उत्कृष्ट प्रहरी कर्मचारी छनोट समितिले उनको नाम छनोट गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here