रौतहट क्षेत्र नं. ४ मा रास्वपाका उमेदवार पौडेल बिजयी

0
97

चन्द्रपुर,२३ फागुण
रौतहट क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार गणेश पौडेल बिजयी हुनुभएको छ ।
आज शनिबार साझ सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार रास्वपाका उमेदवार पौडेलले ३६ हजार ८७६ मत ल्याइ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको रौतहट क्षेत्र न.ं ४ का निर्वाचन अधिकृत उद्धब ढोडारीले जानकारी दिनुभयो ।
नव निर्वाचित प्रतिनिधिसभा सदस्य पौडेले जनताको चाहना र मागलाई मध्यनजर गदै आफनो तहबाट काम गर्ने प्रतिक्रिया दिनुभएको छ । जनताको आवाज र अपेक्षालाइ एउटा प्रणालीगत रुपमा काम गर्ने पौडलले बताउनु भएको छ ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार देब प्रसाद तिमलसिनाले १५ हजार ८६५ मत प्राप्त गर्दा नेकपाका उमेदवार रामकुमार भट्टराईले ९ हजार ७७८ मत प्राप्त गर्नुभएको थियो । साथै नेकपा (एमाले)का रामजी साहले ३ हजार ४७८ मत,जसपाका राजकुमार दासले एक हजार ६२ मत प्राप्त गर्नुभएको थियो ।
उक्त क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकोमा ७३ हजार ३९७ मत खसेको थियो ।
यसैबिच रौतहट क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार राजेश कुमार चौधरी बिजयी हुनुभएको छ ।
आज शनिबार भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाका उमेदवार चौधरीले २८ हजार नौ सय ४६ मत ल्याइ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।रास्वपाका उमेदवार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरिसकेको रौतहट क्षेत्र न.ं १ का निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभएको छ ।
उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उमेदवार अजय कुमार गुप्ताले १० हजार ६ सय ९३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केसीले बताउनु भयो । तेश्रोमा नेपाली कांग्रेसका उमेदवार पुर्वमन्त्री अनिल झाले ८ हजार पाच सय ७४ मत प्राप्त गर्नुभएको थियो भने चौथो स्थानमा रहनुभएका नेकपाका उमेदवार तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपालले सात हजार ६ सय ६९ मत प्राप्त गर्नुभएको थियो ।
नव निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले यो जित आम जनताको जित भएको प्रतिक्रिया दिनुभएको छ । अब जनताको भाबना अनुसार नै काम गरेर अगाडी बढने चौधरीले बताउनु भयो ।
क्षेत्र न.ं १ मा एक लाख आठ हजार सात सय २६ मतदाता मध्ये ७१ हजार एक सय ५६ मत खसेको थियो । जसमा पाच हजार एक सय तिन मत बदर भएको थियो भने ६६ हजार ५३ मत सदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here