इनिशा विक हत्याको बिरोधमा चन्द्रनिगाहपुरमा खबरदारी र्याली

0
110

चन्द्रपुर,२८ फागुण
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा भएको इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै विभिन्न समूहहरूले रौतहटको चन्द्रनिगाहपुरमा खबरदारी र्याली गरेका छन् ।
बिभिन्न विद्यार्थी संगठन तथा सरोकारवालाहरुले विक हत्या प्रकरणको छानविनका साथै उक्त घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै बिहीबार चन्द्रनिगाहपुरको मुख्यचोकमा खबरदारी र्याली गरेका हुन ।
प्रदर्शनमा सहभागीहरूले इनिशा विकको हत्यारालाई कारवाही गर,सरकार बदलियो समाज बदलिएन,बालबालिकामाथि हुने हिंसा अन्त्य गर,हामी न्याय मागिरहेका छौ, दया हैन,अपराधी लुकाउने हैन कानुनले सजाय देउ,ं मौन बस्नुपनि अन्यायको साथ दिनु हो भन्ने जस्ता लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सबै बलात्कारका घटनाहरूको निष्पक्ष छानविनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने प्रर्दशनमा सहभागी सन्तोष बिकले बताउनु भएको छ । बलत्कार जस्तो जघन्य अपराधमा संलग्नहरुलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने बिकको माग छ ।
इनिशा बिकको शव सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा भेटिएको थियो ।
पोस्टमार्टम रिपोर्ट र पक्राउ परेकाहरूको बयानका आधारमा बलात्कारपछि बिकको मृत्यु भएको प्रहरीको अनुमान छ । चन्द्रपुर नगरपालिकाको पुरानो भवनबाट निस्किएको खबरदारी बिरोध जुलुश चन्द्रनिगाहपुर मुख्यचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here