रौतहटमा वन डढेलो नियन्त्रण अभियान शुरु

0
89

चन्द्रपुर,४ चैत
‘वन डढेलो नियन्त्रणमा प्रभाबकारिता तिनै तहको सरकार र समुदायको सहभागिता’ भन्ने मुल नाराका साथ रौतहटमा वन डढेलो नियन्त्रण सप्ताह कार्यक्रम अभियान शुरु भएको छ ।
डढेलो नियन्त्रण सप्ताह कार्यक्रम अन्र्तरगत आज बुधबार बिहान डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले सरोकारवालाहरुको सहभागितामा चन्द्रनिगाहपुरमा र्याली कार्यक्रम सम्पन्न गरेको हो । रौतहटको वन क्षेत्रमा डढेलोका घटनामा वृद्धि हुन थालेपछि नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष अभियान सुरु गरिएको हो ।
सुख्खा मौसमसँगै वन क्षेत्रमा आगलागीका घटना बढ्ने जोखिमलाई ध्यानमा राख्दै अभियानलाई प्राथमिकता दिएर अगाडी बढेको डिभिजन वन कार्यालय रौतहट प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिनुभएको छ । सचेतनामूलक ¥याली र कोणसभा आयोजना गरी सर्वसाधारणलाई डढेलो नियन्त्रणबारे जानकारी दिइएको डिभिजन वन प्रमुख साहले बताउनुभयो ।
कोणसभामा प्रमुख साहले वन आगलागी नियन्त्रणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभएको छ ।उहाँले डढेलो लगाउने व्यक्तिलाई पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै वातावरण संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको थियो ।
सोही कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बेदहरी दाहालले वन जंगल डढेलोबाट जोगाउन सबैजना लागे मात्रै सम्भब हुने बताउनु भएको छ । वन जंगलमा लाग्ने आगलागीबाट बन्यजन्तु समेत असुरक्षित भएको हुदा सबैले यसको नियन्त्रणको लागी सक्रिय हुनुपर्ने अध्यक्ष दाहालको धारणा थियो । उहाँले वनको संरक्षण गर्न आगलागीबाट जोगाउनुको कुनै बिकल्प नभएको समेत बताउनुभएको छ ।
आगलागीबाट सबै तहतप्काका नागरिकहरु सचेत हुनुपर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले बताउनु भएको छ । वनक्षेत्रमा लाग्ने आगलागीले करोडौ मुल्य बराबरको काठ जलेर नष्ट भइरहेको छ भने अर्का तर्फ जिवजन्तु समेत त्यसबाट नराम्रो संग प्रभाबित भएको अध्यक्ष कार्कीले बताउनुभएको छ ।
“वन डढेलो नियन्त्रणमा प्रभावकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूले वन संरक्षणसम्बन्धी सन्देश बोकेका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालयका कर्मचारीहरु, सामुदायिक वन समितिका पदाधिकारी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको थियो । केही दिन अगाडी मात्रै रौतहटको चन्द्रपुर २ जुडिबेलामा रहेको नमुना सामुदायिक वन उपभोक्ता समुहको करिब १० हजार क्युफिट काठ आगलागीबाट डढेर सखाप भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here