चन्द्रपुर,१५ फागुण
जिल्ला प्रशासन कार्यालय रौतहटले आज शुक्रबार एक सुचना जारी गरी आज देखि नै रौतहट जिल्ला भित्र मादक पदार्थ बिक्री बितरण तथा सेवनमा पुर्णरुपमा प्रतिबन्द गरेको जनाएको छ ।
निर्वाचनलाइ स्वच्छ,स्वतन्त्र,निष्पक्ष,पारदर्शी भयरहित एवं शान्तिपुर्ण बाताबरणमा सम्पन्न गर्न सुरक्षा संबेदनशिलता र होली पर्वलाइ समेत मध्यनजर गरी आजैदेखि मादक पदार्थ बिक्री बितरण तथा सेवनमा पुर्णरुपमा प्रतिबन्ध गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभएको छ ।
निर्वाचनलाई सुरक्षति र मर्यादित बनाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय तथा निर्वाचन आयोगको गत बुधबारको पत्र अनुसार मतदानको ७ दिन अगाडी देखी निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री बितरण तथा सेवनमा पुर्णरुपमा प्रतिबन्ध गरेको प्रजिअ भुसालले बताउनुभयो ।
सुचनाको उल्लंघन गरी मादक पदार्थ बिक्रि बितरण तथा सेवन गरेमा प्रचलित कानुन अनुसार कार्वाही गरिने समेत उहाले बताउनुभएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय रौतहटले तिन दिनको लागी रौतहटका जिल्ला भित्र पर्ने भारतसंगको सिमानाका बन्द गर्ने भएको छ ।
आसन्न फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाइ शान्ति रुपमा सम्पन्न गर्नको लागी छिमेकी मुलुक भारतसंगको सिमानाका तिन दिनको लागी बन्द गर्ने भएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहटले सुचना जारी गदै फागुण १८ गते राती १० बजे देखी फागुण २१ गते राती १० बजे सम्मको लागी सिमानाका बन्द गर्ने निर्णय गरेको छ ।
निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष एवं भयरहित बाताबरणमा सम्पन्न गर्नको लागी तिन दिन छिमेकी मुलुक भारत संगको सिमानाका बन्द गरिने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनु भएको छ ।
Home मुख्य समाचार रौतहटमा निर्वाचनको अन्तिम मत परिणाम नआउन्जेल सम्म मदिरा सेवन तथा बिक्री बितरणमा...






