चन्द्रपुर,१९ चन्द्रपुर
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ५ राजपेडाटोलमा राखिएको शकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
राजपेडा देखी थलाइटोल जानेबाटो अर्थात आधारभुत बिद्यालय राजपेडा मतदान केन्द्र पछाडि राखिएको उक्त शंकास्पद बस्तु नेपाली सेनाले आज मंगलबार बिहान डिस्पोज गरेको हो ।
माटोको बोरामा बिच बाटोमा राखिएको उक्त बस्तु सोमबार राती देखि नै राखिएको थियो ।
बोरा भित्र हेल्मेट, हेल्मेट भित्र माटो र नमुना मतपत्र च्यातेर राखेको भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक रुपा लाबुङले जानकारी दिनुभएको छ ।
बोरा भित्र पडकिने बस्तु भने नभएको समेत प्रनाउ लाबुङले बताउनुभयो ।






